close

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना : यी हुन् ३५ भित्र पर्ने नेता 

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना : यी हुन् ३५ भित्र पर्ने नेता 

Trulli
ADVERTISEMENT

काठमाडौं– शनिबारदेखि सुरु भएको नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी छ । ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएकोमा निर्वाचनमा हालसमम २३९३ मत गणना भएको छ ।

 

सार्वजनिक भएको मत परिणाम अनुसार सुरुदेखि नै पूर्वमहामन्त्रीसमेत रहेका डाक्टर शशांक कोइराला १९७१ मतका साथ पहिलो स्थानमा छन् । १५३८ मतका साथ एनपी साउँद दोस्रो स्थानमा छन् भने तेस्रो स्थानका बालकृष्ण खाँणले १५०३ मत पाएका छन् । यस्तै रमेश लेखक १४५१ र उदयशमशेर राणा १४४५ मतका साथ चौथो र पाँचौ स्थानमा रहेका छन् ।

 

३५ भित्र नेपाल विद्यार्थी संघका नेताहरू कुन्दन काफ्ले, राजीव ढुंगानाका साथै राप्रपाबाट आएका सुनिल थापासमेत परेका छन् । गणेश लामा भने ३६औं स्थानमा झरेका छन् । ३५ खुला सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् ।

२३९३ मत गन्दा को–को परे ३५ मा ?

 

१) डा. शशांक कोइराला १९७१
२) एनपी साउद १५३८
३) बालकृष्ण खाँण १५०७
४) रमेश लेखक १४५१
५) उदय शमशेर राणा  १४४५
६) शंकर भण्डारी १४३७
७) ज्ञानेन्द्रबहादुर कार्की १४२३
८) रामहरि खतिवडा १३९५
९) अर्जुननरसिंह केसी  १३८३
१०) गोपालमान श्रेष्ठ  १३२३
११) जिप छिरिङ्ग लामा १३१२
१२) जीतजङ्ग बस्नेत १२८३
१३) नैनसिंह महर १२८३
१४) डा. रामशरण महत १२८१
१५) गोविन्द भट्टराई १२७७
१६) सुनिलबहादुर थापा १२४६
१७) बल बहादुर केसी १२३३
१८) दिलेन्द्र प्रसाद बडू १२३१
१९) मोहनबहादुर बस्नेत १२०२
२०) दीपक गिरी ११७४
२१) सुरेन्द्रराज पाण्डे ११५१
२२)  कुन्दनराज काफ्ले ११४३
२३) पद्मनारायण चौधरी ११३७
२४) गुरु बराल १०३६
२५) सञ्जयकुमार गौतम १००१
२६) गोविन्द राज पोखरेल ९६२
२७) गोपाल दहित ९३१
२८) राजीव ढुंगाना ९३५
२९) कृष्णकिशोर घिमिरे ९२९
३०) दिनेश कोइराला  ९२५
३१) वीरेन्द्रकुमार कनौडिया ९१९
३२) ई. मोहन आचार्य ९१३
३३) अजयबाबु शिवाकोटी  ९०९
३४) मदनबहादुर अमात्य ९०८
३५) उमेशजंग रायमाझी ८९१