close

कांग्रेस महाधिवेशन : बागमती प्रदेशमा को को भए निर्वाचित 

कांग्रेस महाधिवेशन : बागमती प्रदेशमा को को भए निर्वाचित 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (बागमती प्रदेश) को मतपरिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक गरिएको मतपरिणामअनुसार बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित (२,४१९) र राजेन्द्रकुमार केसी (२,१२९) मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भए ।

 

यस्तै धुब्रप्रसाद अधिकारीले २, १११, रमेशप्रसाद धमलाले १६८४, निमा ग्याल्जेन शेर्पा ३७५ र मनोज रानाले २४५ मत प्राप्त गरे । यसैगरी केन्द्रीय सदस्य (बागमती प्रदेश) महिलातर्फ उर्मिला नेपाल केसी २,३४९ मत प्राप्त गरी निर्वाचित भए । यस्तै विष्णुदेवी पुडासैनीले ६७० र कृष्णा अमात्यले ५५१ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।