close

चन्दननाथकी नगरप्रमुख सेजुवाल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित 

चन्दननाथकी नगरप्रमुख सेजुवाल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । कांग्रेसको १४औँ महाधिवेशनमा १ हजार ८५२ मत प्राप्त गरी सेजुवाल विजयी भएकी हुन् । उनी जुम्ला कांग्रेस इतिहासमा पहिलो निर्वाचित केन्द्रीय सदस्य हुन् । यसअघि कांग्रेस नेता दीनवन्धु श्रेष्ठ मनोनीत केन्द्रीय सदस्य भएका थिए । 


चन्दननाथ नगरप्रमुखसमेत रहेकी सेजुवालले कांग्रेसको केन्द्रीय सदस्यमा संस्थापन पक्षबाट उम्मेदवार दिएकी थिइन् । कांग्रेस जुम्लाका तत्कालीन सभापति मानव सेजुवालको हवाईजहाज दुर्घटनामा परी मृत्यु भएपछि उनकी पत्नी कान्तिका कांग्रेस जुम्लाको राजनीतिमा उदाएकी हुन् ।


स्नातकोत्तर अध्ययन गरेकी सेजुवाल शिक्षक पेसाबाट राजीनामा दिएर राजनीतिमा होमिएकी हुन् । ०७४ को स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको नगरप्रमुखमा एमाले उम्मेदवार शान्तिलाल महत र माओवादी उम्मेदवार अशोक श्रेष्ठलाई पराजित गर्दै सेजुवाल निर्वाचित भएकी थिइन् ।