close

स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगको ताकेता 

स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई निर्वाचन आयोगको ताकेता 

Trulli
ADVERTISEMENT

काठमाडौं- निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार आयोगले एक विज्ञप्तिमार्फत तत्काल चुनावको मिति तोक्न सरकारलाई आग्रह गरेको हो ।

 

निर्वाचनको मिति तोक्न जति विलम्ब हुँदै जान्छ निर्वाचन व्यवस्थापनको काम त्यति नै जटिल बन्दै जाने भन्दै आयोगले छिटो निर्वाचनको मिति तोक्न आग्रह गरेको हो । प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा वैशाखभित्रै  निर्वाचन गर्न आयोग तयार रहेको पनि उल्लेख गरिएको छ ।