close

स्थानीय तह निर्वाचनबारे सरकारका प्रवक्ता भन्छन् : जे हुन्छ संविधान अनुसार नै हुन्छ 

स्थानीय तह निर्वाचनबारे सरकारका प्रवक्ता भन्छन् : जे हुन्छ संविधान अनुसार नै हुन्छ 

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचनबारे सरकार आन्तरिक छलफलमै रहेको बताएका छन् ।

 

सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले आवधिक निर्वाचनप्रति सरकार जिम्मेवार रहेको भन्दै संविधान बमोजिम समयमै निर्वाचन हुने बताए । मन्त्री कार्कीले संविधानमा रहेको व्यवस्था प्रतिकुल भएका ऐन संशोधन गरी एकरुपता ल्याउन कानुनविदहरुले सुझाव दिएको समेत बताए । ‘कानुनविदहरुले संविधानसँग बाझिएका कानून संशोधन गरेर संविधान अनुकुल बनाउन सुझाव दिनुभएको छ । सरकार अझैपनि यसबारे परामर्शमै छ । उपयुक्त समयमा निर्णय लिन्छौं’, मन्त्री कार्कीले भने ।

 

उनले निर्वाचनजस्तो राष्ट्रिय विषयलाई प्रमुख प्रतिपक्षी दलले राजनीतिक खपतको विषय बनाएको आरोप समेत लगाए । ‘निर्वाचन राष्ट्रिय सरोकारको विषय हो । प्रमुख प्रतिपक्षले राजनीति गर्नकै लागि निर्वाचनबारे जनतालाई भ्रममा पार्नु जरुरी छैन । सरकारले संविधान अनुसार सबै निर्वाचन सम्पन्न गर्नेछ’, कार्कीले भने ।

 

उनले संसदको गतिरोध हटाउन सरकारले पर्याप्त पहल गरेपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिम्मेवार नदेखिएको बताए । ‘संसदलाई प्रभावकारी बनाउने दायित्व सरकारसँगै प्रमुख प्रतिपक्षी दलको पनि हो’, उनले भने ।