close

राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न, दुई हजार सात मत खस्यो 

राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न, दुई हजार सात मत खस्यो 

Trulli
ADVERTISEMENT

काठमाडौं– राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि आज भएको मतदान उत्साहजनकरुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार निर्वाचनमा दुई हजार सात मत खसेको छ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको हो । निर्वाचन सकिएलगत्तै कतिपय प्रदेशमा मत गणनासमेत सुरु भएको छ ।

 

आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र  नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन भएको हो । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा,  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा छन् ।