close

कांग्रेस प्रवक्तामा डा. महत

कांग्रेस प्रवक्तामा डा. महत

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाली कांग्रेसको प्रवक्तामा केन्द्रीय सदस्य डा. प्रकाशशरण महत नियुक्त भएका छन् । नेता महतलाई सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । 


महत पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । महत यसअघि कांग्रेस सहमहामन्त्री थिए । यसअघिका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा महामन्त्री छन् । महत सभापति देउवा प्यानलबाटै महामन्त्रीमा चुनाव लडेका थिए ।