close

मधेसमा स्थानीय चुनाव असोजमा गर्न लोसपाको माग

मधेसमा स्थानीय चुनाव असोजमा गर्न लोसपाको माग

Trulli
ADVERTISEMENT

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन आगामी असोजमा गर्न माग गरेको छ । सरकारले सोमबार स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ । अघिल्लो  चुनाव ३ चरणमा गरिएको भएता पनि स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार सबै जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने निर्वाचन आयोको भनाइ छ ।

 


वैशाखमा चुनाव गर्दा २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने लोसपाले बताएको छ । लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले संविधानले दिएको अधिकार कटौति गर्ने अधिकार कसैलाई नभएको बताए । 

 

मधेश प्रदेशमा आगामी असोजमा निर्वाचन गर्नुपर्ने उनको भनाइ छ । ‘हामी आवधिक निर्वाचनको पक्षमा छौं, स्थानीय निर्वाचन घोषणाको पनि स्वागत गरेका छौं,’ उनले भने, ‘तर कसैको अधिकार कुण्ठित गर्ने मनसाय राख्नुहुन्न  । मधेश प्रदेशको निर्वाचन असोजमा गर्ने वातावरण बनाउनुपर्छ ।’