close

दाहाल–शेखर भेट : कांग्रेस चुनावी गठबन्धनको पक्षमा छैन

दाहाल–शेखर भेट : कांग्रेस चुनावी गठबन्धनको पक्षमा छैन

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर कांग्रेस चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका छन् । प्रचण्ड निवास खुमलटारमा भएको भेटका क्रममा उनले यस्तो बताएका हुन् । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार भेटमा समसामयिक राजनीति, एमसिसी, स्थानीय तहको निर्वाचन, गठबन्धन, संसद् सुचारु गर्नेलगायत विषयमा छलफल भएको थियो । 

 

भेटमा कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका थिए । ‘हामी निर्वाचनमा गठबन्धन गर्ने पक्षमा छैनौँ । गठबन्धन गर्दा कांग्रेसलाई कुनै फाइदा छैन ।’ कोइरालाको भनाइ उद्धृत गर्दै थपलियाले भने, ‘निर्वाचनबाहेक सरकार सञ्चालनमा गठबन्धनलाई निरन्तरता दिन सकिन्छ ।’ भेटमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेता अमरेशकुमार सिंहलगायत उपस्थित थिए । कोइरालाले मंगलबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए ।