close

स्थानीय चुनावका लागि निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ता गर्ने 

स्थानीय चुनावका लागि निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ता गर्ने 

Trulli
ADVERTISEMENT

काठमाडौं– निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । दल दर्ताका लागि सार्वजनिक विदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।