close

सत्ता गठबन्धनको बैठक बस्दै 

सत्ता गठबन्धनको बैठक बस्दै 

Trulli
ADVERTISEMENT

काठमाण्डौं– अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बिहान १० बजेपछि बस्ने बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता टेबल गर्ने तथा संसद् बैठकको अवरोध हटउने लगायत विषयमा छलफल हुनेछ ।

 

प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो बेलुका बसेको बैठक निष्कर्षमा नटुङ्गिएकाले संसद् बैठक अघि आज फेरि छलफल हुन लागेको हो ।

 

हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले आउँदो १६ गतेभित्र सम्झौता अनुमोदनका लागि गरेको आग्रहलाई समयमै पूरा गर्न अनुरोध गर्नुभएको थियो । उहाँले संसदमा एमसीसीलाई जतिसक्दो छिटो टेबल गर्ने तयारी गर्नु भएको छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा अगाडि नबढाउने अडान दोहोर्याउँदै आएका छन् ।

 

अमेरिकाले एमसीसीमा कुनै संशोधन नहुने बताइसकेकाले आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना कम छ । प्रधानमन्त्री देउवाले अस्ति बुधवार नै संसदमा एमसीसी टेबल गर्ने तयारी गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आजसम्मका लागि स्थगित गरिएको थियो ।