close

अध्यक्षमा निकोलश पाण्डे निश्चित

अध्यक्षमा निकोलश पाण्डे निश्चित

Trulli
ADVERTISEMENT

नेपाल निर्माण व्यवसायी महासंघको भावी अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष निकोलश पाण्डे निर्वाचित हुने निश्चित देखिएको छ । 


अध्यक्षका प्रत्यासी पाण्डेलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलको आधिकारिक समर्थन प्राप्त भएकाले पाण्डे नै निर्वाचित हुने महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेले बताए । 


‘हामीले अध्यक्ष र अरु पदका उम्मेदवार मिलाईसक्यौं एउटा वरिष्ठ उपाध्यक्षको पद मिलाउन बाँकी छ’ उम्मेदवारको अन्तिम टुंगो लगाउन छलफलको नेतृत्व गरिरहेका सदस्यमध्येका लामिछानेले भने, ‘निर्माण व्यवसायी महासंघ सबैको छाता संस्था हो, सबै दलको प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यताले नै सहजतातर्फ उन्मुख गराएको हो ।’


उनले महासंघ सबैको साझा भएकाले यसमा दलीय राजनीति गर्ननहुने बरु सबै दलको प्रतिनिधित्व हुने गरी कार्यसमिति बनाउनुपर्ने माग सबै पक्षबाट आएकाले यसरी सहमती गरिएको समेत बताए । 


काठमाडौंको प्रज्ञा भवनमा जारी २२ औं साधारणसभा तथा १२ औं अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दैछ । देशभरबाट प्रतिनिधि बनेर आएका निर्माण व्यवसायी आजै मतदानमा सहभागि हुँदैछन् ।