close

एमालेको घोषणापत्र ९ बैशाखमा आउँदै, भुषालको कम्युनिष्ट एकता प्रस्ताव

एमालेको घोषणापत्र ९ बैशाखमा आउँदै, भुषालको कम्युनिष्ट एकता प्रस्ताव

Trulli
ADVERTISEMENT

नेकपा एमालेको स्थानीय तहको निर्वाचनका लागि तयारी गर्न सोमबार बसेको एमाले पोलिटब्यूरोको बैठकले उम्मेदवारको मापदण्ड र घोषणापत्रका विषयमा छलफल गरेको छ । एमाले स्थापना बैठकको अवसरमा बैशाख ९ गते घोषणा पत्र सार्वजनिक गर्ने निर्णय बैठकले गरेको छ । 


भुषालको एकता प्रस्ताव
नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव राखेका छन् । सोमबारको पोलिटब्युरो बैठकमा नेता भुसालले वैचारिक र सैद्धान्तिक कारण विना विभाजित नेकपालाई गठबन्धन गर्दै बामपन्थीको जित सुनिश्चित गर्न सुझाएका छन् । 

 

लामो समयदेखि बाम एकताको बहस नै चलाएका नेता भुसालको टिप्पणीलाई नेतृत्वले गम्भिर रुपमा नलिएको स्रोतले बताएको छ ।