close

सर्वाेच्चले निर्वाचन आयोगलाई भन्यो- मनोनयनअघि राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्नु 

सर्वाेच्चले निर्वाचन आयोगलाई भन्यो- मनोनयनअघि राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्नु 

Trulli
ADVERTISEMENT

स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा  ग्याल्जेन शेर्पाले जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए ।


रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था १३ चैतसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । त्यो दिन रिट निवेदक र विपक्षी दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।