close

आगामी चुनाव प्रतिगमनसँगको 'ब्याटल' हो : प्रचण्ड

आगामी चुनाव प्रतिगमनसँगको 'ब्याटल' हो : प्रचण्ड

Trulli
ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवरुद्ध रहेको सदनतर्फ  संकेत गर्दै सदनमै प्रतिगामी षड्यन्त्र भइरहेको बताएका छन् । महिनौंदेखि बिना कारण’ सदन अवरोध गर्नु प्रतिगामी षडयन्त्र जारी रहेको दावी गरेका छन् । 

 

जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेले संसद विघटन गर्नु जायज थियो भन्ने पुष्टि गर्न सदन अवसरोध गरेको बताएका हुन् । उनले प्रतिगन परास्त भइनसकेको पनि बताएका छन् । 

प्रचण्डले भने ‘मधेसमा संघीयता, गणतन्त्र, समावेशीविरोधी शक्तिलाई बलियो बनाउन देशभित्र र बाहिरका प्रतिक्रियावादीबीचमा ठुलो साँठगाँठ देखिएको छ ।’


हिजो प्रतिगमनका पक्षधर अहिले पनि प्रतिगमनकै पक्षधर रहेको प्रस्ट पार्दै उनले त्यसविरुद्ध गाउँगाउँमा गएर जनतालाई खबरदारी गर्नुपर्नेमा जोड दिए । कम्युनिस्ट क्रान्तिकारीका लागि आगामी चुनाव चुनावमात्र नभएर एउटा ‘ब्याटल’ का रुपमा रहेको उनले बताए । ‘प्रतिगमनकारी, विघटनकारीले जित्ने कि क्रान्तिकारीले जित्ने भन्ने ब्याटल हो,’ उनले भने, ‘गत वर्ष हामीले लडेर प्रतिगमन हुनबाट देशलाई बचाएकै हो ।’ प्रतिक्रान्तिकारीहरु पूरै पराजित भइनसकेको उल्लेख गर्दै उनले तिनीहरुलाई जनताको बलमा परास्त गर्नुपर्ने बेला आएको बताए ।