close

एमालेबाट निर्वाचित बेदकोटका मेयरसहितका जनप्रतिनिधि एकीकृत समाजवादीमा 

एमालेबाट निर्वाचित बेदकोटका मेयरसहितका जनप्रतिनिधि एकीकृत समाजवादीमा 

Trulli
ADVERTISEMENT

नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

 

मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । कञ्चनपुरको वेदकोट नगरपालिका(३ दैजीमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर चन्दसहितका जनप्रतिनिधिलाई पार्टीमा स्वागत गरे ।

 

मेयर चन्दसँगै वेदकोट नगरपालिकाकै वडा नं ३ का अध्यक्ष तिलक ठकुल्ला, वडा नं ४ का अध्यक्ष भास्कर भट्ट, वडा नं ७ का अध्यक्ष वीरबहादुर डगौरा, वडा नं ७ का अध्यक्ष दुर्गासिंह भण्डारी र वडा नं १० का अध्यक्ष केशव रावल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

 

त्यस्तै नगर कार्यपालिकाका सदस्यहरु दलवीर टमटा, तारा रैकाल, निर्मला विष्ट चौधरी, पिंकी दमाइ र माया बोहरा तथा २२ जना वडासदस्य एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

 

वेदकोटमा एमालेले मेयर, उपमेयरसहित १० वटा वडामध्ये ८ वटामा वडाध्यक्ष जितेको थियो। उपमेयर सुशीला सिंह भने एमालेमै छिन् । उनी एमालेको वेदकोट नगर कमिटी इन्चार्ज हुन् ।