close

एमालेले एक्लै ७० प्रतिशत पालिका जित्छ : उपाध्यक्ष पौडेल

एमालेले एक्लै ७० प्रतिशत पालिका जित्छ : उपाध्यक्ष पौडेल

Trulli
ADVERTISEMENT

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राप्रपा लगायतका दलहरुसँग चुनावी तालमेलका लागि छलफल गरिरहेका बेला उपाध्यक्ष विष्णु पौडेलले भने एक्लै निर्वाचन लड्ने बताएका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने बताएका छन् । 


उनले एमाले एक्लै निर्वाचन लड्ने र ७० प्रतिशत पालिकाहरुमा जित्ने बताए । ७० प्रतिशत जित्न नसकेको अवस्थामा ६० प्रतिशत भन्दा तल भने नझर्ने उनले दाबी गरे । आइतवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले एमालेसँग गठबन्धन होला र ठाउँ पाउँला भनेर सपना नदेख्न नेकपा (माओवादी केन्द्र)लाई चेतावनी समेत दिए । उनले माओवादी केन्द्रसँग तालमेलका लागि कुनैपनि प्रकारको सम्वाद नभएको स्पष्ट पारे ।


माओवादी केन्द्र र एमालेको बिचमा तालमेल गर्न एमाले अध्यक्ष केपी ओलीले आत्मालोचना गर्नुपर्ने माओवादी केन्द्रका एक नेताको भनाई प्रति टिप्पणी गर्दै उहाँले सो कुरा हास्यास्पद भएको बताए । कम्युनिष्ट सरकार ढालेर  काँग्रेस नेतृत्वको दक्षिणपन्थी गठबन्धन बनाउने माओवादी केन्द्रलाई चाहिँ ग्लानि र पश्चाताप हुनुपर्ने उहाँले बताए । माओवादी केन्द्रसँग कुनैपनि प्रकारको वार्ता गर्नु आवश्यक नरहेको एमाले उपाध्यक्ष पौडेलले बताए । सत्तारुढ गठबन्धनमा दरार सिर्जना हुँदा एकले अर्कोलाई एमालेसँग मिल्छु भनेर तर्साउने गरेको भन्दै एमाले कसैको भर्‍याङ नबन्ने उनले बताए ।