close

टिकट वितरणमा आर्थिक अनियमिता भएको शेखर कोइरालाको आरोप

इमान्दार कार्यकर्ता पीडामा

टिकट वितरणमा आर्थिक अनियमिता भएको शेखर कोइरालाको आरोप

इमान्दार कार्यकर्ता पीडामा

Trulli
ADVERTISEMENT

स्थानीय तहको निर्वाचन आउन अब १७ दिन मात्रै बाँकी रहँदा नेपाली कांग्रेसमा नयाँ विवाद देखिएको छ । गत महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता डा. शेखर कोइरालाले देउवा पक्षले उम्मेदवार चयनमा आर्थिक हिनामिना गरेको आरोप लगाएपछि नेपाली कांग्रेसमा फेरि विवाद सुरु हुने संकेत देखिएको छ ।

डा. कोइरालाले बुधबार विज्ञप्ति जारी गर्दै आफूसँग असहमत हुनेलाई पाखा लगाउँदै टिकट वितरणमा अनियमिता गरिँदा इमान्दार कार्यकर्ता पीडामा परेको आरोप लगाएका छन् । उनले आफूसँग असहमत हुने नेता कार्यकर्ताको राजनीतिक भविष्य समाप्त पार्ने षडयन्त्र रचिएको आरोप समेत लगाएका छन् । साथै उनले टिकट वितरणमा आर्थिक चलखेल गरिएको संगीन आरोप सभापति देउवामाथि लगाएका छन् ।

टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन्, नेता डा. कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन्, । कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन्, विज्ञप्तिमार्फत संस्थापन पक्षमाथि आरोप लगाइएको छ ।

यध्यपि उनले निर्वाचनको मुखमा सबै कार्यकर्ताले यस्ता पीडा बिर्सिएर पार्टीलाई जिताउन जुट्न कार्यकर्तासँग आग्रह समेत गरेका छन् । अन्त्य उनले निर्वाचनपछि संस्थापन पक्षको यस्तो क्रियाकलापको समीक्षा गरिने दाबी समेत गरेका छन् ।

नेपाली का‌‌ग्रेसका नेता डा‍ शेखर कोइरालाको विज्ञप्ति