close

राष्ट्रवादको पक्षमा कांग्रेस र माओवादी सधैँ एक ठाउँ : महरा

लोकतन्त्रको पक्षमा सधैँ साझा रूपमा अघि बढ्दै आएको दाबी

राष्ट्रवादको पक्षमा कांग्रेस र माओवादी सधैँ एक ठाउँ : महरा

लोकतन्त्रको पक्षमा सधैँ साझा रूपमा अघि बढ्दै आएको दाबी

Trulli
ADVERTISEMENT

दाङ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले नेपाली कांग्रेस र माओवादी राष्ट्रवादको पक्षमा सधैँ एकै ठाउँ हुने गरेको बताएका छन् । 

 

प्रेस युनियन र प्रेस सेन्टरले गरेको बिहीबार दाङमा संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । ‘गठबन्धन संविधानको रक्षा र लोकतन्त्र संस्थागत गर्न निर्माण भएको हो,’ उनले भने । 

 

विगतदेखि नै कांग्रेस र माओवादी राष्ट्रियताको पक्षमा एक ठाउँ उभिने गरेको बताउँदै आफूहरु लोकतन्त्रको पक्षमा उभिने र त्यसलाई संस्थागत गर्न साझा रूपमा अघि बढ्दै आएको बताए । 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले भने, ‘विगतमा संविधान र जनताको अधिकारमाथि ‘कु’ गर्दै मुलुकलाई अन्योल र अस्थिरतातर्फ लैजान प्रयास भयो ।