close

परिस्थिति र भविष्य हेरेर बागी उम्मेद्वारी फिर्ता लिन कांग्रेस सभापति देउवाको निर्देशन

परिस्थिति र भविष्य हेरेर बागी उम्मेद्वारी फिर्ता लिन कांग्रेस सभापति देउवाको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनविरुद्ध आफ्नो पार्टीबाट बागी उम्मेदवार दिने नेता तथा कार्यकर्ताधाई उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएका छन् । 

 

बिहीबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले नेपाली कांग्रेसबाट गठबन्धनविरुद्ध उम्मेद्वारी दिने नेता तथा कार्यकर्तालाई गठबन्धनको तर्फबाट उठेका उम्मेदवारलाई विजयी बनाउन सक्रिय हुन निर्देशन दिएका हुन् । 

 

देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशभरका स्थानीय तहका प्रमुखउपप्रमुख, अध्यक्षउपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारकाविरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आआफूले दर्ता गराउनुभएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय ९२०७९ वैशाख १६ गते बेलुकी ५ बजेभित्र सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिईदिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सक्रियताका लागि हार्दिक अपिल गर्दछु ।