close

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले त्यागे पार्टी

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले त्यागे पार्टी

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष, आर्थिक विभाग प्रमुख तथा केन्द्रीय सदस्य उद्धव पौडेलले राप्रपा नेपाल परित्याग गरेको घोषणा गरेका छन् ।

 

बिहीबार एक विज्ञप्ति जारी गर्दै पौडेलले आफू राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

 

पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय उपाध्यक्ष, प्रमुख आर्थिक विभाग, केन्द्रीय एवं  साधारण सदस्यसमेतको पदबाट आजैका मितिबाट लागू हुने गरी राजीनामा दिएको छु ।’

 

पौडेलले यसअघि स्थानीय तहको चुनावमा राप्रपा नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा भोट हाल्न नहुने अडान लिँदै आएका थिए ।  तर, राप्रपा नेपालले निर्णय नसच्याएपछि उनले राजीनामा दिएको बुझिएको छ ।