close

भरतपुर र पोखरामा गठबन्धनबीच किन विवाद ? 

भरतपुर र पोखरामा गठबन्धनबीच किन विवाद ? 

Trulli
ADVERTISEMENT

काठमाडौं । गठबन्धनमा आबद्ध दलबीच भरतपुर र पोखरा महानगरपालिकामा आफूपक्षीय उम्मेदवार उठाउने विषयका कारण विवाद सिर्जना भएको छ ।

 

गठबन्धनको निर्णयबमोजिम माओवादीको भागमा परेको भरतपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसकै नेता जगन्नथ पौडेल बागी उम्मेदवार र एकीकृत समाजवादीको भागमा परेको पोखरा महानगरपालिकामा वडामा उठाउने प्रतिनिधिको विषयमा कुरा नमिल्दा दुवै महानगरपमा विवाद सिर्जना भएको हो । 

 

उम्मेद्वारीको विषयलाई लिएर सिर्जित विवाद मत्थर पार्न पार्टी सभापतिले आग्रह गरे पनि भरतपुरमा बागी उम्मेदवार उठेका पौडेलले अब पछि हट्न नसक्ने बताएका छन् । 

 

यस्तै, पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट घोषणापत्र सार्वजनिक भइरहँदा वडाध्यक्ष पदमा भागबन्डा नमिल्दा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता नाराबाजीमा उत्रिएका छन् ।

 

पोखरा महानगरमा यसअघि नेपाली कांग्रेसले मेयर पदमा दाबी गरेको थियो । तर, गठबन्धनले सो महानगरको मेयरको पदमा एकीकृत समाजवादीका नेता धनराज आचार्यलाई उठाएको छ ।