close

गृहमन्त्री बागी उम्मेद्वार फकाउन चितवन पुगेको कुरा नोटिस गरेका छौँ : आयोग

गृहमन्त्री बागी उम्मेद्वार फकाउन चितवन पुगेको कुरा नोटिस गरेका छौँ : आयोग

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले गृहमन्त्री चितवन पुगी बागी उम्मेदवारलाई फकाएको कुरा आफ्नो नोटिसमा रहेको बताएको छ । 

 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनका क्रममा गृहमन्त्री भरतपुर महानगरपालिकामा पुगी  गठबन्धनविरुद्ध उठेका उम्मेदवार जगन्नाथ पौडेल भेटेकाे कुरा आयोगले नोटिसमा राखेकाे बताएका हुन् ।

 

‘पब्लिक पोस्ट र पब्लिक रिसोर्सिजमा पक्लिक रिस्पोन्सिबिलिटिज हुन्छ,’ प्रवक्ताले भने, ‘त्यो हिसाबले हाम्रो आचारसंहिताले त्यो खालको अपेक्षा गर्दैन । यसबारे आयोगले थप निर्णय गर्नेछ । सार्वजनिक पदमा रहेको व्यक्ति फिल्डमा पुग्नु आचारसंहिता अनुकुल हुँदैन । 

 

भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि गृहमन्त्री बालकृष्ण खाँण चितवन पुगेका थिए ।