close

गठबन्धनका नाममा सत्तारुढ दलले लोकतन्त्रलाई मजाक बनाएको आरोप

गठबन्धनका नाममा सत्तारुढ दलले लोकतन्त्रलाई मजाक बनाएको आरोप

Trulli
ADVERTISEMENT

काठमाडाै‌ं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोले सत्तारुढ दलले गठबन्धनका नाममा लोकतन्त्र र निर्वाचनलाई मजाक बनाएको बताएका छन् । 

 

शुक्रबार स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन् । लोसपाले काठमाडौंमा एक कार्यक्रम गरी स्थानीय तहको घोषणापत्र सार्वजनिक गरेको छ ।  

 

सो क्रममा  उनले सत्तारुढ दलले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोपसमेत आरोप लगाए ।

 

देश र दुनियाँले नबुझ्ने गरी सत्तारुढ गठबन्धन बनाएर चुनावमा गएको बताउँदै उनले भने, ‘जनतासँग मजाक भइरहेको छ । यहाँका ठूलाबडा पार्टीले जनतासँग गठबन्धन भनेर मजाक गरेको हो । यो चुनाव भनेको जनताले आफूले रोजेको पार्टीलाई भोट दिने होइन ? विभिन्न पार्टीप्रति आफ्नो अभिव्यक्ति दिने हो । निर्वाचन त्यसका लागि गरिन्छ ?’

 

सो क्रममा उनले चुनावमा गठबन्धन गरेर जाने कुरालाई आफूले प्राथमिकता नदिएको समेत बताए ।