close

पार्टीको चेतावनीलाई बेवास्ता गर्दै चुनाव लड्न तयार भए जगन्नाथ, कार्यकर्ताको साथ

पार्टीको चेतावनीलाई बेवास्ता गर्दै चुनाव लड्न तयार भए जगन्नाथ, कार्यकर्ताको साथ

Trulli
ADVERTISEMENT

चितवन । स्थानीय तहको विषयलाई लिएर भरतपुर महानगरपालिकामा गठबन्धनभित्रै विवाद सिर्जना भएको छ । 

 

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा माओवादीलाई भोट हालेर जिताएकाले यसपटक नगरप्रमुखको पद आफूहरूले पाउनुपर्ने भन्दै कांग्रेस नेता तथा कार्यकर्ताको असन्तुष्टि कारण भरतपुर महानगरमा विवाद सिर्जना भएको हो । 

 

निर्वाचन अयोगको तालिकाअनुुसार उमेद्वार मनोनयन समय अगाडिसम्म चितवन कांग्रेसका सभापतिले भरतपुर महानगर काग्रेसले पाउनुपर्ने अडान राख्दै आएका थिए ।  तर, नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनपछि जिल्ला सभापति राजेश्वर खनालले अडान फेरेका थिए । 

 

उनले प्रेस विज्ञप्ति जारी गरेर गठबन्धनलाई सहयोग गर्न अपिल गरी गठबन्धनविरोधी कार्य रोक्न निर्देशन दिए । तर, उनको अभिव्यक्तिप्रति कांग्रेस चितवनका कार्यकर्ताले विरोध गरेका छन् ।

 

के हो, भरतपुरमा विवाद सिर्जना हुनुको कारण ? 

 

भरतपुर महानगरमा नेपाली कांग्रेसको तर्फबाट जगन्नाथ पौडेलले बागी उमेद्वार दिएपछि उनको उम्मेद्वारी फिर्ताका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेता लागिपरे । त्यसैगरी, गृहमन्त्री बालकृष्ण खाँण भरतपुरै आए  । तर, उनी आफ्नो अडानबाट डगमगाएनन् । बरु गठबन्धनबाट उमेद्वार दिएकी रेणु दाहाललाई उमेद्वारी फिर्ता लिन कसरत गर्न उनले आग्रह गरे । 

 

यतिबेला उनको निवासमा नेता तथा कार्यकर्ताको भीड लागेको छ ।