close

‘विप्लव’ नेतृत्व पार्टीका असन्तुष्ट सुदर्शन र बाँस्तोला पक्षीय भेलाको निष्कर्ष : कारबाहीकाे अर्थ छैन

‘विप्लव’ नेतृत्व पार्टीका असन्तुष्ट सुदर्शन र बाँस्तोला पक्षीय भेलाको निष्कर्ष : कारबाहीकाे अर्थ छैन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व  नेपाल कम्युनिस्ट पार्टीले गरेको कारबाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेला पार्टीले गरेको कारबाहीको अर्थ नभएको निष्कर्ष निकालेको छ । 

 

भेलाले एक विज्ञप्ति जारी गर्दै कारबाही गर्ने निर्णय गलत भएको भन्दै सो निर्णय सच्याउन आग्रह गरेको छ । 

 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०७९ साल वैशाख १४ गते सचिवालय सदस्यद्वय कञ्चन र सुदर्शनलाई पार्टीको नीति विपरीत काम गरेको भन्दै कारबाही गरेको थियो । 

 

भेलापछि सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘यो कारबाही सरासर अवैधानिक छ । दार्शनिक रूपमा यो निषेधात्मक अभिभूतवाद हो । ‘दलाल पुँजीवाद राज्यसत्ताअन्तर्गको निर्वाचनमा आयोगमा पार्टी दर्ता गरी चुनावमा भाग नलिने र देशभक्त तथा  जानपक्षीय उम्मेदवार पहिचान भएको खण्डमा समर्थन गर्न सकिने निर्णयलाई कार्यान्वयन गर्न कटिबद्ध कमरेडहरूमाथि यो दण्ड गरिएको छ । जसको उल्लघंन गर्ने स्वयं महासचिव र  सचिवालय सदस्य प्रकाण्डले गर्नु हास्यास्पद हो । हामी दुनियाँसामु के स्पष्ट पार्न चाहन्छौँ ।’