close

भरतपुर महानगरपालिकामा बागी उम्मेदवार उठेका जगन्नाथले पाए चुनावचिन्ह ‘भुइँकटहर’

भरतपुर महानगरपालिकामा बागी उम्मेदवार उठेका जगन्नाथले पाए चुनावचिन्ह ‘भुइँकटहर’

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र/बागी उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्न सुरु गरेको छ ।

 

आधिकारिक दलबाट उम्मेद्वारले दलकै चुनाव चिन्ह पाउने भए पनि स्वतन्त्र उम्मेद्वारहरूका लागि आयोगले आफूसँग भएका ४० प्रकारका चुनावमध्येबाट स्वतन्त्र उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गरेको हो । 

 

जसमध्ये चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकामा गठबन्धनविरुद्ध बागी उम्मेद्वार बनेका जगन्नाथ पौडेललाई निर्वाचन आयोगले भुइँकटहर चुनाव चिन्ह दिएको छ ।  

 

उनले वैशाख ३० मा हुने निर्वाचनमा यही चुनाव चिन्हबाट चुनाव लड्ने भएका छन् ।  जसका कारण कांग्रेस भएर पनि पौडेललाई समर्थन गर्नेहरू कांग्रेसीहरुले मेयर पदका लागि रूख चिन्हमा मतदान गर्न नपाउने भएका छन् ।  

 

यस्तै, धनगढी उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार गोपाल हमालले ‘आँप चुनाव चिह्न पाएका छन् भने प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार उठेका उमेश यादव र उपप्रमुख पदमा उम्मेदवार बनेकी नमिता न्यौपानेले लालटिन चुनाव चिह्न पाएका छन् ।

 

यस्तै, काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका बालेन्द्र शाह र पोखरा महानगरपालिकामा स्वतन्त्र उम्मेद्वारी दिएका उम्मेद्वारले लौरो चुनाव चिन्ह पाएका छन् ।