close

भरतपुरमा आज गठबन्धनको संयुक्त सभा, शीर्ष नेताले सम्बोधन गर्ने

भरतपुरमा आज गठबन्धनको संयुक्त सभा, शीर्ष नेताले सम्बोधन गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभाको सम्बोधन गर्ने भएका छन्  

 

सभालाई सम्बोधन गर्न शीर्ष नेताहरू अघिल्लो दिन नै चितवन पुगिसकेका छन् । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि सम्बोधन गर्ने बताइएको छ ।

 

भरतपुर महानगरान सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल प्रमुखको उम्मेदवार छिन् । उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।