close

रामचन्द्र पौडेल र भरतपुरका बागी उम्मेद्वार जगन्नाथबीच भेटवार्ता

रामचन्द्र पौडेल र भरतपुरका बागी उम्मेद्वार जगन्नाथबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवन भरतपुर महानगरपालिकामा गठबन्धनविरुद्ध बागी उठेका उम्मेदवार जगन्नाथ पौडेललाई भेटेका छन् ।

 

आज (बिहीबार) चितवन पुगेरै नेता पौडेलले चुनावी अभियानमा रहेका  उम्मेद्वार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

 

भेटमा उनले बागी उम्मेद्वारी फिर्ताका लागि अनुरोध गरेका छन् । तर, पौडेलले उम्मेद्वारी फिर्ता नलिने दृढता प्रकट गरेका छन् ।  

 

यसअघि पनि बारम्बार पौडेलको उम्मेद्वारी फिर्ताका लागि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयत्न गरेका थिए । तर, पौडेलले धेरै अगाडि बढिसकेकाले  उम्मेद्वारी फिर्ता नहुने बताएका थिए ।

गठबन्धनमा आबद्ध दलले ६ महानगरपालिका र ११ उपमहानगरपालिका केन्द्रबाटै भागबन्डा लगाएर चुनावी मैदानमा होमिएका छन् । साेहीअनुरुप   भरतपुर महानगरपालिका माओवादीको भागमा भरतपुर परेको छ । 

 

माओवादी अध्यक्षकी छोरी भएकाले पनि माओवादीले लामो समयदेखि भरतपुरमा दाबी गर्दै आएको थियो ।

 

भरतपुर महानगर माओवादीलाई दिएर अन्य तीन महानगर आफ्नो भागमा लिएको नेपाली कांग्रेस भरतपुरमा आफ्नै पार्टीबाट बागी उम्मेद्वार उठेपछि सकसमा छ ।

त्यही भएर आजै नेपाली कांग्रेसका शीर्ष नेता सभापति शेरबहादुर देउवा, शीर्ष नेता रामचन्द्र पौडेल, गगनकुमार थापालगायत नेताले भरतपुरमा हुने पाँच दलीय गठबन्धनको संयुक्त सभालाई संबोधन गर्नेछन् ।