close

देवदहलाई नमुना पर्यटकीय गन्तव्य बनाउने गठबनधनका मेयर पदका उम्मेद्वारको घोषणा 

देवदहलाई नमुना पर्यटकीय गन्तव्य बनाउने गठबनधनका मेयर पदका उम्मेद्वारको घोषणा 

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देही देवदह नगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेद्वार बनेका हिराबहादुर खत्रीले देवदहलाई नमुना पर्यटकीय गन्तव्य बनाउने बताएका छन् । 

 

देवदह ऐतिहासिक र पर्यटकीय क्षेत्र भएकाले देवदहका हरेक वडामा पार्क निर्माण योजनालाई पूर्णता दिँदै नमुना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने आफ्नो  योजना रहेको उनले बताए । 

 

त्यस्तै, उनले देवदहका युवालाई दक्षताअनुसारको सीप सिकाउन गठबन्धनले जिम्मवारीका साथ काम गर्नेसमेत बताए । 

 

यस्तै, उनले देवदहका सबै वडामा शिक्षा, स्वास्थ्य, खानेपानी सबैका लागि सर्वसुलभ बनाउने गरी काम गर्ने बताए ।