close

भरतपुर आउन देउवाको आग्रह शेखरद्वारा अस्विकार

भरतपुर आउन देउवाको आग्रह शेखरद्वारा अस्विकार

Trulli
ADVERTISEMENT

काठमाडौं ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शेखर कोइरालालाई भरतपुरकाे सभामा आउन भन्दै फोन गरेका छन् ।

 

गठबन्धनकाे सामूहिक सभालाई सम्बोधन गर्न भरतपुर पुगेका सभापति देउवाले शेखरलाई भरतपुरको सभामा आउन भन्दै टेलिफोन गरेका हुन् ।  जवाफमा कोइरालाले आफू विराटनगरमा व्यस्त भएको भन्दै भरतपुर आउन नसक्ने जवाफ दिएका छन् । 

 

भरतपुरमा हुने सभालाई नेपाली कांग्रेसका सभापति, कांग्रेसकै नेता रामचन्द्र पौडेल गगनकुमार थापालगायत नेता उपस्थिति छ । 

 

भरतपुरमा हुने  संयुक्त सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम छ । 

 

सत्ता गठबन्धनले आज भरतपुरमा सभा गर्न लागेको छ । त्यसका लागि प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेल भरतपुर पुगिसकेका छन् ।