close

गठबन्धनलाई भरतपुरमा चुनाव जित्न गाह्रो छैन : प्रचण्ड 

गठबन्धनलाई भरतपुरमा चुनाव जित्न गाह्रो छैन : प्रचण्ड 

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा गठबन्धनलाई चुनाव जित्न समस्या नहुने बताएका छन् । 

 

गठबन्धनविरुद्ध नेपाली कांग्रेसबाट जगन्नाथ पौडेल बागी उठेपछि गठबन्धनले भरतपुरमा चुनाव जित्छ वा जित्दैन भनी महत्त्वका साथ हेरिरहेका बेला बिहीबार भरतपुरमा भएको गठबन्धनको संयुक्त सभालाई संबोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । 

   

भरतपुरमा हुने सभालाई सम्बोधनका लागि नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महासचिव गगनकुमार थापा, शशांक कोइराला र माओवादी केन्द्रबाट अध्यक्ष दाहाललगायत नेता र एकीकृत समाजवादी पार्टीबाट माधवकुमार नेपाल र  जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव उपस्थित  छन् । 

 

गठबन्धनविरुद्ध नेपाली कांग्रेसले बागी दिएका उम्मेद्वारलाई नेपाली कांग्रेसले फकाउने प्रयास गरिरहेकाे छ । तर, पौडेलले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।