close

चितवनमा कांग्रेसीको प्रचण्डलाई आग्रह : रेणुलाई जिताएपछि फेरि धोका नदिनू 

चितवनमा कांग्रेसीको प्रचण्डलाई आग्रह : रेणुलाई जिताएपछि फेरि धोका नदिनू 

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान जितनारायण श्रेष्ठले आफ्ना पार्टीका सोझा सभापति शेरबहादुर देउवालाई धोका नदिन आग्रह गरेका छन् । 

 

चितवनको भरतपुरमा भएको गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्ने क्रममा गठबन्धनबाट उम्मेद्वार बनेकी माओवादी केन्द्रकी रेणु दाहाललाई जिताउने, तर जितेपछि आफ्ना सभापतिलाई धोका नदिन आग्रह गरेका हुन् । 

 

‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,’ उनले भने, ‘जे प्रतिबद्धता पाँच वर्षअघि गरेका थियौँ, त्यो तीन महिनापछि टुट्यो ।’

 

यसअघि २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको आडमा भरतपुर महानगरपालिकामा रेणु दाहाल विजय भएकी थिइन् ।