close

'भरतपुरमा विकासको कास्टिङ सकियो, अब पूरै फिल्म देखाउन बाँकी छ'     

'भरतपुरमा विकासको कास्टिङ सकियो, अब पूरै फिल्म देखाउन बाँकी छ'     

Trulli
ADVERTISEMENT

काठमाडौं । गठबन्धबाट भरतपुर महानगरपालिकाकी मेयर बनेकी  रेणु दाहालले भरतपुरको  विकासको कास्टिङ सकिएको बताउँदै पूरै फिल्ममा देखाउन बाँकी रहेको बताएकी छन् । 

 

यस्तै, उनले चुनावी माहोललाई सम्बोधन गर्ने क्रममा आफूले अघिल्लो कार्यकालमा विपक्षीले शीर झुकाउनुपर्ने गरी आफूले काम गरेको पनि बताइन् । 

 

बिहीबार भरतपुरमा भएको गठबन्धनको संयुक्त सभालाई संबोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । 

 

“हामीले पाँच वर्षभित्र कामको कास्टिङ देखायौँ । धेरै आयोजनाको काम अघि बढाएर कास्टिङ देखाइसक्यौँ । हामीलाई जिताउनुहोस्, पाँच वर्षभित्र आयोजना पूरा गरेर समग्र फिल्म देखाउँछौँ,” उनले भनिन् ।

 

सो क्रममा उनले आफू पुनः भरतपुरको मेयरमा विजय भए महानगरमा सुरु गरेको गौरवका आयोजना पूरा गर्ने बताइन् ।