close

जनताको सेवक भएर काम गर्ने एमालेका उम्मेद्वार थापाको दाबी 

जनताको सेवक भएर काम गर्ने एमालेका उम्मेद्वार थापाको दाबी 

Trulli
ADVERTISEMENT

पोखरा । पोखरा महानगरपालिकाका नेकपा (एमाले)का मेयरका कृष्ण थापाले पोखरेली जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता गरेका छन् ।

 

नेकपा एमाले निर्वाचन परिचालन कमिटी पोखरा–१७ले विरौटामा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रतिबद्धता  गरेका हुन् । 

 

सुशासनयुक्त छिटो छरितो सेवा प्रवाह पहिलो प्राथमिकतामा रहने बताउँदै उनले पोखरालाई विश्वको उत्कृष्ट सहरको रूपमा परिचित गराउन पोख्रेली जनताको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । 

 

आफूले प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यटनमैत्री विकास निर्माणमा जोड दिने उनले बताए । 

 

यस्तै, नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले परमादेशबाट बनेको गठबन्धन सरकार विकास विरोधी भएको बताए । 

 

गठबन्धनलाई नेपाली जनताको बलले परास्त गर्ने बताए । 

 

खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।