close

कांग्रेसको मुख्य प्रतिस्पर्धी माओवादी नभएर एमाले हो : रामचन्द्र पौडेल   

कांग्रेसको मुख्य प्रतिस्पर्धी माओवादी नभएर एमाले हो : रामचन्द्र पौडेल   

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीको प्रतिस्पर्धी माओवादी नभएर केपी ओली (नेकपा एमाले) भएको बताएका छन् । 

 

चितवनमा भएको गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्ने क्रममा उनले परिस्थिति र आवश्यकताले गठबन्धन बनेको बताउँदै यस्तो बताएका हुन् । 

 

‘नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादीसँग होइन, प्रचण्डसँग होइन, प्रतिस्पर्धा एमालेको केपी अ‍ोली प्रवृत्तिसँग हो । उनैसँग द्वन्द्व हो,’ पौडेलले भने । 

 

उनले गठबन्धनबारे चितवनमा कांग्रेसका केही नेताहरुले असन्तुष्टि जनाएकोबारे आफूले असन्तुष्ट नेताहरुसँग कुरा गर्न चाहेपनि उनीहरुले धैर्य गरेर आफ्नो कुरा सुन्न नचाहेको बताए । ‘आज बिहानमात्रै मैले कृष्णलालजी, जगन्नाथजीहरुसँग संवाद गर्न चाहे, राम्रोसँग कुरा गरौ भने, तर उहाँहरुले धैर्य राख्न सक्नुभएन । चाँडै उठेर जान खोज्नुभयो’, पौडेलले भने, ‘उहाँहरू असिल इमोसन, भावआवेग र उत्तेजनामा आएर असन्तुष्टि व्यक्त गरेजस्तो लाग्यो ।’

 

गठबन्धन गरेकै कारण आज नेपाली कांग्रेसका नेता मन्त्री तथा मुख्यमन्त्री भई झन्डा हल्लाउँदै हिँड्न पाएको भन्दै उनले गठबन्धनको प्रशंसासमेत गरे ।

 

केपी शर्मा ओलीले संसद् विघटन गर्दा २०१७ राजा महेन्द्रले संसद् विघटन गरेर बिपी कोइरालालाई जेल चलान गरेको आफूलाई स्मरण भएकोसमेत उनले बताए । 

 

यस्तै, उनले गठबन्धनको योजनाकार आफू भएको बताउँदै उनले केपी शर्मा ओली आफ्नो मुख्य प्रतिस्पर्धी भएको बताए ।