close

देउवामाथि ओलीको व्यंग्य : २३ सिटे कांग्रेस सभापति ढोडको लौरो टेकेर हिँड्न खोज्दैछन्  

देउवामाथि ओलीको व्यंग्य : २३ सिटे कांग्रेस सभापति ढोडको लौरो टेकेर हिँड्न खोज्दैछन्  

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले)का सभापति शेरबहादुर देउवाले ढोडको लौरो टेकेर हिँड्न खोजेको भनी व्यंग्य गरेका छन् । 

 

बिहीबार कैलालीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी र एकीकृत समाजवादीलगायत दलसँग मिली स्थानीय तहको चुनावमा होमिएकोप्रति इंगित गर्दै ओलीले देउवाप्रति यस्तो व्यंग्य गरेका हुन् । 

 

सो क्रममा उनले गठबन्धनको कुनै उद्देश्य र गन्तव्य नभएको आरोप पनि लगाए । 

 

यो परमादेशी गठबन्धन कसरी बनेको थियो भन्ने सबैलाई थाहा छ । २३ सिट ल्याएरको कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा ढोडका लौरा टेकेर हिँड्न खोज्दै हुनुहुन्छ,’ ओलीले भने, ‘यो परमादेशी सरकार हो, संसद् र संवैधानिक प्रक्रियाबाट बनेको होइन । यो अन्तैबाट बनेका सरकारलाई हामीले बिदाई गर्ने सन्देश यस स्थानीय तहको निर्वाचनले दिनुपर्छ ।’