close

बालुवाटारमा रोइकराइ गरेपछि प्रचण्ड र माधवले  भरतपुरको सभामा बाेल्न पाए : ओली

बालुवाटारमा रोइकराइ गरेपछि प्रचण्ड र माधवले  भरतपुरको सभामा बाेल्न पाए : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारमा रोइकराइ गरेपछि मात्रै भरतपुरमा भएको आमसभामा बोल्न पाएको बताएका छन् ।

 

सातै प्रदेशमा हुने संयुक्त चुनावी सभामा प्रचण्ड र माधव नेपाललाई बोल्न नदिने रणनीति बनाएपछि प्रचण्ड बालुवाटार गई भरतपुरमा मेरै छोरी उम्मेद्वार छिन्, मैले बोल्न नपाउने हुन्छ भनी रोइकराइ गरेपछि मात्रै माधव नेपाल र प्रचण्डले भरतपुरमा बोल्न पाएको उनले बताए । 

 

‘मेरी छोरीको उम्मेदवारी छ मेयरमा, मेरी छोरीको क्षेत्रमा काँग्रेसका सभापतिले बोल्ने, मलाई जान नदिने रु भनेर प्रचण्डले भनेपछि प्रचण्ड र माधव नेपाल दुवैलाई बोल्न दिएको छ भरतपुरमा,’ ओलीले भने ।

 

यस्तै, उनले कुनै पनि पालिकामा उम्मेद्वार दिँदा एक महिला र एक पुरुष हुनुपर्ने संवैधानिक व्यवस्था रहे पनि गठबन्धनले त्यो संवैधानिक व्यवस्थालाई लत्याएको आरोप लगाए ।