close

गठबन्धनको निरन्तरताका लागि रेणुलाई जिताउनु पर्छ, नत्र कांग्रेस खत्तम हुन्छ : सभापति देउवा

गठबन्धनको निरन्तरताका लागि रेणुलाई जिताउनु पर्छ, नत्र कांग्रेस खत्तम हुन्छ : सभापति देउवा

Trulli
ADVERTISEMENT

चितवन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेद्वार रेणु दाहालले नजिते कांग्रेस खत्तम हुने बताएका छन् । 

 

बिहीबार भरतपुरमा भएको गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको बताउँदै रेणुलाई जिताउनु कांग्रेसको कर्तव्य भएको समेत बताए । 

 

‘रेणुलाई जिताउनु हाम्रो कर्तव्य हो । यति राम्रो काम गर्ने मेयर नजिताए चितवनका जनताले के भन्लान् ्? गठबन्धन टुटाउने षड्यन्त्रमा हामी लाग्नुहुँदैन । गठबन्धन टुट्यो भने कांग्रेस पनि खत्तम हुन्छ,’ देउवाले भने ।

 

सो क्रममा उनले भरतपुरमा रेणु दाहालले गरेका काम प्रसंसा गर्नयोग्य भएको पनि बताए । यस्तै देउवाले भरतपुर महानगरपालिकाको मेयरमा बखेडा नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

 

‘षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खतम हुन्छ,’ उनले भने, ‘यो गठबन्धन टुटाउने षड्यन्त्र चितवन, भरतपुरबाट हुनै सक्दैन,’ सो क्रममा उनले भने । 

 

अहिले माओवादी केन्द्रको मेयरका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका उनले भोलि राम्रो काम गरे कांग्रेस नेता कार्यकर्ताले पनि अवसर पाउने बताए ।

 

देउवाले भने, ‘उहाँलाई पछि छोडिदिनुस्, हामीलाई सहयोग गर्न भनौँला । उहाँलाई यो पटक सहयोग गरेर हेर्नुपर्‍यो, । त्यसैले उहाँलाई जिताउनु हाम्रो कर्तव्य हो ।’