close

बागी उम्मेदवार, प्रस्तावक र समर्थक काँग्रेसबाट निष्कासित

बागी उम्मेदवार, प्रस्तावक र समर्थक काँग्रेसबाट निष्कासित

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनविरुद्धका बागी उम्मेदवार, प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित भएको घोषणा गरेको छ ।

 

बिहीबार काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक बनेकाहरूको पार्टी सदस्यता नरहेको सूचित गराएका हुन् ।

 

काँग्रेसले १९ वैशाखमा विज्ञप्ति जारी गर्दै बागीलाई उम्मेदवारी निष्क्रिय बनाएर पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको थियो । उक्त आग्रह अस्वीकार गरेका बागीहरू काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम पार्टीबाट स्वतः निष्कासन भएको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । काँग्रेस विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकहरूको नामावली केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।