close

आज काठमाडौंमा सत्ता गठबन्धनको चुनावी सभा

आज काठमाडौंमा सत्ता गठबन्धनको चुनावी सभा

Trulli
ADVERTISEMENT

काठमाडौं । सत्ता गठबन्धनले आज शुक्रबार काठमाडाैं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ। बिहीबार मात्र भरतपुरमा चुनावी सभा गरेकाे गठबन्धनले काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजे सभा गर्न लागेकाे हाे ।

 

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

 

काठमाडाैं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सिर्जना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् ।

 

बिहीबार भरतपुरमा आयाेजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेनु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडाैंमा सभा गर्न लागेका हुन् ।

 

कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिको थियो ।