close

काठमाडौँमा जिती सकियो : मेयर उम्मेदवार सिंह

काठमाडौँ महानगरलाई विकास र समृद्धि महाघर बनाउने प्रतिबद्धता

काठमाडौँमा जिती सकियो : मेयर उम्मेदवार सिंह

काठमाडौँ महानगरलाई विकास र समृद्धि महाघर बनाउने प्रतिबद्धता

Trulli
ADVERTISEMENT

काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्नो जित भइसकेको दाबी गर्दै अब काठमाडौँलाई व्यवस्थित सहर बनाउने बताइन् ।

 

गठबन्धनका तर्फबाट शान्ति बाटिकामा आज आयोजित चुनावी सभामा सम्बोधन गर्दै सिंहले पाँच दलीय गठबन्धनले काठमाडौँ जस्तो महानगरमा महिलालाई उम्मेदवार बनाउनु नै पहिलो जित भएको बताइन् । अब मतदाताले आफ्नो जित वैधानिकता दिए लगत्तै काठमाडौँलाई बस्न लायक सहर बनाउने अभियानक थालनी गर्ने बताइन् ।

 

उनले काठमाडौँमा महिला उम्मेदवार उठ्नु महिला आन्दोलनको लागि गौरवपूर्ण विजय भएको उल्लेख गर्दै संविधानको भावनाअनुसार काम गर्ने पनि बताइन्।

 

काठमाडौँ महानगरलाई विकास र समृद्धि महाघर बनाउने उनको प्रतिबद्धता छ। सम्बोधनका क्रममा उनले भनिन्, ‘महानगरलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन चाहन्छु। धुलो, धुवाँ फोहोर मैला व्यवस्थापन र ट्राफिक जाम व्यवस्थापनका साथै असुरक्षित र अन्धकार रहेको काठमाडौँ सहरलाई व्यवस्थित बनाउँछु।’

 

सिंहले युवा, बालबालिका र वृद्ध वृद्धा लक्षित विकास निर्माण गर्ने बताइन्। उनले महानगरपालिकाका प्रत्येक वडामा ज्येष्ठ नागरिक भवन बनाउने, शिक्षा र स्वास्थ्यको गुणस्तरमा खटिने, मौलिक सम्पदाको संरक्षण गर्ने, उपत्यकामा २४ घण्टा बजारको व्यवस्था गर्ने, ढल खानेपानीको व्यवस्थापन गर्ने दाबी पनि गरिन्।