close

ओलीले पनि गठबन्धन बनाएको पौडेलको दाबी

सत्ता गठबन्धनमा रहेका दल प्रतिगामीसँग मिलेको केसीको आरोप

ओलीले पनि गठबन्धन बनाएको पौडेलको दाबी

सत्ता गठबन्धनमा रहेका दल प्रतिगामीसँग मिलेको केसीको आरोप

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन विरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन बनाएको दाबी गरेका छन्।

 

सत्ता गठबन्धनले आज शुक्रबार काठमाडौँमा आयोजित चुनावी सभामा बोल्दै पौडेलले ओलीले बनाएका गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका थिए।

 

एमाले, राप्रपा नेपाल र नेपाल परिवार दलबिच चुनावी गठबन्धन गर्ने सहमति भएको थियो। पौडेलले यसतर्फ संकेत गर्दै ओलीले पनि गठबन्धन गरेको बताएका हुन्।

 

उनले नेपालमा राजनीति स्थिर नहुँदा विकास हुन नसकेको समेत बताए। आफूहरूकै कारणले नेपालमा राजनीतिक स्थिरता नआएको पनि उनको आत्मालोचना पनि थियो।

 

‘अरूलाई दोष दिएर के गर्ने, हामीले स्थिरताको क्षमता देखाउन सकेनौँ,’ उनले भने। साथै उनले सत्ता गठबन्धन भित्रैबाट ओलीलाई सहयोग गर्ने खेल भएको आरोप लगाए।

 

‘ओलीलाई बलियो बनाउन गठबन्धनलाई कमजोर बनाउने खेल भइरहेको छ,’ उनले भने, ‘हामी हँसिया हथौडामा भोट हाल्दैनौँ, रूखमा हाल्दैनौँ भनेर यहीँभित्रबाट उक्साउने काम भइरहेको छ।’

 

सोही सभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनमा रहेका दलहरूले समेत प्रतिगामीसँग साँठगाँठ गरेको आरोप लगाएका थिए ।