close

बिपीलाई फाँसी दिनुपर्छ भन्नेहरू नै गठबन्धनको विरोधी : देउवा

'रेणु र सिर्जनालाई जिताउनु पर्छ'

बिपीलाई फाँसी दिनुपर्छ भन्नेहरू नै गठबन्धनको विरोधी : देउवा

'रेणु र सिर्जनालाई जिताउनु पर्छ'

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ६ वटा महानरपालिका मध्ये दुइटामा महिला उठेका कारण उनीहरूलाई जिताउनु सत्ता गठबन्धनमा रहेका दलहरूको दायित्व भएको बताएका छन् ।

 

भरतपुरमा रेणु दाहाल र काठमाडौँमा सिर्जना सिंहलाई जिताउनु पर्ने जिकिर गर्दै महिलालाई हराउँदा राम्रो सन्देश नजाने बताएका छन् ।

 

काठमाडौँमा आज शुक्रबार आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री समेत रहेका देउवाले बिपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरू गठबन्धनको विरोधमा उत्रिएको बताए । साथै उनले कुनै बेला बिपीलाई फाँसी दिनुपर्छ भन्नेहरू अहिले कट्टर काँग्रेस बन्न खोजेको आरोप समेत लगाए ।

 

‘हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा खडा गरेका छन् । हिजो बिपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने को को हुन् ? उनीहरू अहिले गठबन्धनको खिलाफमा छन् । बडा काँग्रेसको समर्थन गर्ने भएका छन् । हामीलाई थाहा छैन?’,  देउवाले भने ।

 

काँग्रेसको महाधिवेशन र केन्द्रीय समितिले गठबन्धनको पक्षमा निर्णय गरे पनि केही सीमित मान्छेहरू विरुद्धमा लागेको प्रति देउवाले आक्रोश व्यक्त समेत गरे ।