close

कांग्रेसले गठबन्धन चिन्दैन : जगन्नाथ 

कांग्रेसले गठबन्धन चिन्दैन : जगन्नाथ 

Trulli
ADVERTISEMENT

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनविरुद्ध बागी उम्मेद्वारी उठेका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले आफूहरूको ज्यान जोखिममा रहेको बताउँदै जुनसुकै अवस्थामा जे पनि हुन सक्ने बताएका छन् । 

 

शनिबार चुनावी प्रचारप्रसारका क्रममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

 

नेपाली कांग्रेसमा लागेकै कारण आफूले पनि जेल जीवन बिताएको बताउँदै उनले नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई कारबाही गरेर अर्काकी छोरी बोक्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवाले गलत काम गरेकाे आशय प्रकट गरे । 

 

 

गठबन्धन गर्दा कसैलाई नसोधी गरेकाले गठबन्धन नेपाली कांग्रेसको नभएको पनि उनले बताए । 

 उनले आफ्नो उम्मेद्वारीका कारण देश नै खत्तम हुने र आकाश खस्नेजस्ता कुरा प्रधानमन्त्री भइसकेकाहरूले गरेको सुनेर आफूलाई आत्मग्लानि लागेको बताए । 

यस्तै, उनले गठबन्धन छोरी, बुहारीका लागि बनेको कि मेलम्चीको पानी काठमाडौं ल्याउन भनी प्रश्नसमेत गरे ।