close

ओलीमाथि रामचन्द्र पौडेल र प्रचण्डले लगाए यस्ता आरोप

ओलीमाथि रामचन्द्र पौडेल र प्रचण्डले लगाए यस्ता आरोप

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशमा राजनीतिक अस्थिरता सिर्जनाका लागि केपी शर्मा ओलीलाई निमित्त नायक षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

 

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेसमा नागरिकता र संविधान संशोधनबारे भ्रम छर्ने काम गरेको आरोप लगाएका छन् । 

 

विगतमा आफू प्रधानमन्त्री हुँदा संविधान संशोधन गर्न लैजाँदा नेकपा (एमाले)का कारण संशोधन हुन नसकेकोसमेत  आरोप उनले लगाए । 

 

सत्तारुढ गठबन्धनले शनिबार जनकपुरमा गरेको संयुक्त सभालाई सम्बोधनका क्रममा पौडेल तथा दाहालले ओलीमाथि यस्तो आरोप लगाएका हुन् । 

 

संविधान, संसदीय व्यवस्था, गणतन्त्रविरुद्ध ओली अघि बढेको  जिकिर गर्दै पौडेलले संसद्लाई विघटन गर्ने, अवरुद्ध गर्नेलाई जनताले संसद्मा पुग्नबाट रोक्नुपर्ने बताए ।