close

प्रचण्डले देउवालाई मात्र धाक, धम्की दिनसक्ने भन्दै ओलीले भने : धामी बकेझै बक्नुभएछ देउवाजी

प्रचण्डले देउवालाई मात्र धाक, धम्की दिनसक्ने भन्दै ओलीले भने : धामी बकेझै बक्नुभएछ देउवाजी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जति धाक धम्की दिए पनि प्रचण्डले चिसै पानीले नुहाउनुपर्ने बताएका छन् । 

 

चुनावी सभालाई सम्बोधनका लागि इटहरी पुगेका ओलीले २२ गते भरतपुरमा भएको गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले ‘देश दुर्घटनामा पर्नसक्छ’ भनी दिएको अभिव्यक्तिप्रति लक्षित गरी सो बताएका हुन् । 

 

भरतपुरमा अध्यक्ष दाहालले रेणु दाहालले नजिते मुलुक दुर्घटनामा जाने भनी अभिव्यक्ति दिएका थिए । यस्तै, सो क्रममा ओलीले धाकधम्की प्रचण्डले देउवालाई मात्र दिन सक्ने बताए । 

 

‘पुष्पकमल दाहालले दुर्घटनाको धाक धम्की नदिए हुन्छ । अन्तिममा उनले चिसै पानीले नुहाउने हो । देउवालाई धम्की दिन सक्नुहुन्छ । हिजो पनि धम्की दिनुभएछ क्यारे,प्रचण्डको छोरीलाई मैले उम्मेद्वार बनाएको हो,उहाँले होइन भनेर धामी बकेझैं बक्नुभएछ देउवाजी ।’