close

ओलीका कारण गठबन्धन बनेको हो : देउवा

ओलीका कारण गठबन्धन बनेको हो : देउवा

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन आगामी प्रदेश तथा प्रतिनिधिसभाकाे चुनावसम्मै  कायम रहने बताएका छन् । 

 

तनहुँको दमौलीमा भएको स्थानीय तहको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । गठबन्धन सफल बनाउने कांग्रेसको एउटै मात्र लक्ष्य भएको देउवाको भनाइ थियो ।

 

प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै देश चुनावमा होमिएको बताए । ‘धेरैलाई चुनाव हुन्छ र भन्ने भ्रम थियो, तर देशमा चुनावको माहोल छ’, उनले भने ।

 

आफूबाहेक अरूलाई केही काम गर्न नदिने र आफूविरुद्ध बोलेको सुन्नै नसक्ने ओलीका कारण आवश्यकताका आधारमा गठबन्धन बनेको उनले बताए ।