close

राजनीतिलाई पेशा नभई समाजसेवा ठानेर काम गर्छु : बुढाथोकी

राजनीतिलाई पेशा नभई समाजसेवा ठानेर काम गर्छु : बुढाथोकी

Trulli
ADVERTISEMENT

धनकुटा । नेकपा एमालेको तर्फबाट धनकुटा महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेद्वार दीपक बुढाथोकीले राजनीतिलाई पेशा नभई समाजसेवा ठानेर काम गर्ने बताएका छन् । 

 

महालक्ष्मी नगरपालिका–२ मा एमालेको चुनावी कार्यक्रममा बोल्दै उम्मेद्वार बुढाथोकीले यस्तो बताएका हुन् ।
 

अहिले राजनीतिमा व्यापारी प्रवृत्ति हाबी हुने जोखिम बढेको भन्दै उनले यसले निष्ठाका साथ राजनीतिमा होमिएका इमानदार व्यक्तिको भावनामा ठेस पुग्नसक्ने बताए । 

 

‘व्यापार र राजनीतिमा  आकास–जमिनको फरक छ । व्यापारको धर्म नाफा गर्नु त राजनीतिको धर्म अरूको सेवा गर्नु हो,’ उनले भने, ‘सबै ठाउँको नेतृत्वमा राजनीतिक चेत बोकेका सुझबुझपूर्ण व्यक्ति पुग्नुपर्छ । त्यसले मात्रै जनहितमा काम गर्छ ।’

 

कार्यक्रममा एमालेको तर्फबाट महालक्ष्मी नगरकी उपमेयर उम्मेद्वार मञ्जु अधिकारीले पहिलो कार्यकालको अनुभवले आगामी कार्यकालमा थप जनमुखी काम गर्ने बताइन् ।

 

अधिकारी महालक्ष्मी नगरकी निवर्तमान उपमेयर पनि हुन् । उनलाई एमालेले पुनः उपमेयरको उम्मेद्वार बनाएको हो ।