close

भरतपुरको अभिव्यक्तिप्रति प्रचण्डले पोखराबाट र रेणुले चितवनबाट दिए स्पष्टीकरण

भरतपुरको अभिव्यक्तिप्रति प्रचण्डले पोखराबाट र रेणुले चितवनबाट दिए स्पष्टीकरण

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले जनतालाई नधम्क्याएको बताएका छन् । 

 

वैशाख २२ गते चितवन, भरतपुरको सभालाई सम्बोधनका क्रममा दिएको अभिव्यक्तिलाई सच्याउँदै उनले यस्तो बताएका हुन् । 

 

 ‘यो गठबन्धनले हारे राजनीतिक दुर्घटना हुन सक्छ भनेको थिएँ, जनता धम्क्यायो भनेर गलत अर्थ लगाइएको छ,’ प्रचण्डले भने । भरतपुरमा

 

प्रचण्डले भरतपुरमा के भनेका थिए ?

भरतपुरमा भएको कार्यक्रममा दाहालले गठबन्धन राष्ट्रको आवश्यकता हो । गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो । देशको जनता र विकासको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौँडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जानसक्छ ।

 

उनले भनेका थिए, ‘ ‘तपाईँहरूले हँसिया हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जान्छ । भरतपुरमा रेणु र चित्र सेनको टिमले जित्यो भने म उत्साही हुनेछु । १०–१५–२० वर्ष गठबन्धन लैजान प्रयास गर्नेछु । तपाईंहरूले नजरअन्दाज गर्नुभयो भने देश दुर्घटनामा जान सक्छ ।’

 

के भनिन् रेणुले

चितवन भरतपुरकी मेयर रेणु दाहालले २२ गते भरतपुर पुगेर उनका पिता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिबारे प्रस्टीकरण दिएकी छन् । 

 

आइतबार चितवनमा चुनावी अभियानका क्रममा तपाईंले भरतपुरमा नजिते देश दुर्घटनामा जाने हो भनी गरिएको प्रश्नमा उनले भनिन्, ‘उहाँले त्यसरी भन्न खोज्नुभएको होइन । त्यसलाई गलत अर्थ लगाइयो । उहाँको भनाइ एकदम सकारात्मक छ । शान्ति, समृद्धि र पटक–पटक भएको संसद् विघटनपछि बनेको यो गठबन्धन दायाँबायाँ भयो भने देश दुर्घटनामा जान्छ भनी उहाँले सचेतमात्रै गराउनुभएको हो । उहाँको देशपूर्ण भावनालाई ट्विस्ट गरेर अपव्याख्या मात्रै गरिएको हो ।’